सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण
![pathibharafm](https://pathibharafm.org/uploads/news/images/1872515181dhan.jpeg)
२१ असार,काठमाडौ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको छ। बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा तोकेको छ। यस्तैगरी मध्यम धानको समर्थन मूल्य ३५ सय ८० रुपैयाँ ६२ पैसा तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
यसअघि गत चैतमा सरकारले पहिलोपटक चैते धानको समर्थन मूल्य तोकेको थियो। चालु आवका लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७०७ रुपैँया २८ पैसा निर्धारण गरिएको थियो।
चालु आवमा देशभर कुल १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। जसमध्ये १३ लाख ३४ हजार २७७ हेक्टर क्षेत्रफलमा वर्षे धान र १ लाख ४ हजार ७१२ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
![pathibharafm](https://pathibharafm.org/uploads/news/images/medium/1268507167earthQuack.jpeg)
चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्नीच्युडको भुकम्प
काठमाडौँ /चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु
![pathibharafm](https://pathibharafm.org/uploads/news/images/medium/344887649Dipak-Manangge.jpeg)
ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान
२७ कार्तिक,काठमाडौ ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् । काठमाडौंमा
![pathibharafm](https://pathibharafm.org/uploads/news/images/medium/8101170821111chta.jpeg)
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा
प्रतिकृया दिनुहोस