एमालेको मिसन-२०८४ एकल बहुमतको सरकारः अध्यक्ष ओली
झापा ।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन(२०८४ एकल बहुमतको सरकार रहेको बताउनु भएको छ।
नेकपा एमाले दमक नगर कमिटी झापाको दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई बिहीबार दमकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन(२०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भएको हो।
अध्यक्ष ओलीले एमाले बलियो हुनको लागि एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो। उहाँले एमालेलाई आफ्नो लक्षमा पुग्न आन्तरिक एकता आवश्यक रहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘त्यसका लागि आन्तरिक एकता चाहिन्छ, पार्टीमा एकता चाहिन्छ, एकताबद्ध पार्टी हाम्रो मूल मन्त्र हो।’
अध्यक्ष ओलीले एमालेको लक्ष मिसन २०८४ भएकोले एमालेको ध्यान अहिले अन्त कतै नभएको बताउनुभयो। मिसन(२०८४ भनेको तीनवटै तहमा एमालेको बहुमतको सरकार भएको पनि उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई समाचार लेखेको विषयलाई लिएर पक्राउ नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो। सो विषयलाई लिएर प्रोपोकाण्डा मच्चाउन आवश्यक नरहेको उहाँले बताउनुभयो। सिारोहियालाई गरिएको पक्राउ सञ्चारमाथिको हमला भनेर चर्चा गर्नु गलत भएको उहाँको भनाइ छ।
‘विषय त अर्कै छ, फौजदारी कुरा होला त्यो त, यसबारेमा सरकारले छानबिन गर्नुपर्ने देख्यो, त्यही भएर अनुसन्धानमा तानेको हुनुपर्छ’, उहाँले भन्नुभयो।
अध्यक्ष ओलीले फौजदारी अभियोगमा एकजना व्यक्ति समात्दैमा प्रजातन्त्र तलमाथि नहुने स्पष्ट पार्नुभयो। आरोपी नेता, मन्त्री र प्रधानमन्त्री समात्दा समेत केही नहुने तर सिरोहियालाई समात्दा अनावश्यक कोकोहोलो गरेको ओलीले बताउनुभयो।‘ सरकारले छानबिन गर्दा हल्ला गरिरहनुपर्ने जरुरी छैन’, ओलीले भन्नुभयो।
कार्यक्रममा ओलीले माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेलाई स्वागत गर्नुभएको थियो। सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता भद्रपुर नगरका पार्टी अध्यक्ष शिवकुमार राजभण्डारी, अग्रज नेता नरपति चापागाईँ, चन्द्र तामाङ, श्रीमनारायण पौड्याल लगायत २ सय एमाले प्रवेश गर्नुभएको छ।

आज लोकतन्त्र दिवस
११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका सरोकारवालासँग छलफल
२६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित
२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने
प्रतिकृया दिनुहोस