• ON AIRनेपाली लोकदोहोरी गीत
  • UP NEXTनेपाली चलचित्रका गीत

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

pathibharafm

 

काठमाडौं– 
तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो घटना अझै रहस्यको गर्भमै छ ।
२०५८ सल जेठ १९ गते राति ९ बजे नारायणहिटी राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।
सो घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए ।
उक्त दरबार हत्याकाण्डमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको उच्चस्तरीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रलाई दोषी ठहर गरेको भए पनि आमनागरिकले त्यसलाई स्वीकार गर्न सकेका छैनन् ।

रहस्यको पर्दा खुल्न नसकेको यो हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग उठ्दै आएको छ ।विभिन्न दलका नेताहरूले सरकार बाहिर रहँदा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि कहिल्यै प्राथमिकता दिएको पाइँदैन ।

गणतन्त्र स्थापनापछि पहिलो पटक प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणहिटी हत्याकाण्डको छानबिन गरेर सत्य बाहिर ल्याउने वाचा गरेका थिए । तिनै प्रचण्ड अहिले पनि प्रधानमन्त्री छन् । तीन पटक प्रधानमन्त्री बन्दा पनि उनले यस विषयमा कुनै पहलकदमी लिएको पाइँदैन ।

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन