• ON AIRकायाकैरन
  • UP NEXTबालबालिकाका निम्ति साचाहरु

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राजीनामा

pathibharafm


नया दिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मोदी मन्त्रिपरिषद्को बुधबार बिहान स्थानीय समयअनुसार ११स्३० मा बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।
मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । बहुमत जुटाउनका लागि एनडीए गठबन्धनका सांसदहरूबाट हस्ताक्षर संकलन गरिएको छ । जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदमा एनडीए गठबन्धनमा रहेका सबै सांसदहरूको बैठक हुने बताए ।
लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या ९२७२० भन्दा ३२ सिट कम हो। भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।
राष्ट्रपति मुर्मुले सपथ ग्रहण नभएसम्म आफ्नो भूमिकालाई निरन्तरता दिन आग्रह गरेकी छन् । बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् । सन् २०१४ मा २८२ र सन २०१९ को निर्वाचनमा ३०३ सिटे जितेका भारतीय जनता पार्टीले यसपटक २४० सिट मात्र जित्न सफल भयो । तेस्रो कार्यकालका लागि उनी गठबन्धनका दलहरूले प्राप्त गरेको ५३ सिटमा भर पर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख