• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त


नया दिल्ली ।

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले  सरकार गठन गर्न औपचारिक रुपमा आह्वान पनि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले भोलि बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ । ७३ वर्षका उहाँको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।

लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाले एकल बहुमत ल्याउन नसकेपछि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो । एनडीए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ । अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो ।  

प्रतिकृया दिनुहोस
pathibharafm

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

काठमाडौ । साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा

pathibharafm

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राजीनामा

नया दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद्