• ON AIRनेपाली फिल्मी गीत
  • UP NEXTनेपाली लोकदोहोरी गीत

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

pathibharafm


काठमाडौ ।
साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ ।

वास्तविक तथ्यांक भने यसको दोब्बर हुनसक्ने रिपोर्टहरु सार्वजनिक भएका छन् । चर्को गर्मी र तातो हावाका कारण मक्का जाने मार्गमा ६ सय इजिप्टसियन तीर्थयात्रीको मात्रै मृत्यु भएको अनुमान गरिएको छ ।

प्रत्येक देशका अधिकारीहरुले दिएको तथ्यांक अनुसार हज यात्रका क्रममा १ सय ६५ जना इन्डोनेसियाली नागरिक मारिएका छन् । यसैगरी ९८ भारतीय, ७५ जोर्डन, ४९ ट्युनिसियाली, ३५ पाकिस्तानी, १४ मलेसियाली र ११ इरानीको मृत्यु भएको पुष्टि भएको छ ।

साथै २७ जोर्डनी अस्पताल भर्ना भएको र १४ जना अझै बेपत्ता रहेको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ । साउदी अरब र इजिप्टले हजयात्रामा मृत्यु हुनेको तथ्यांक सार्वजनिक गर्न बाँकी छ । यसपछि वास्तविक तथ्यांक आउनेछ । यस वर्ष ४९ डिग्री सेल्सियससम्मको उच्च तापक्रमका बीच हजयात्रीहरुले तीर्थयात्रा गरेका थिए ।

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख