रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२० कार्तिक काठमाडौ ।सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अदालतबाट दोस्रो पटक पाएको म्याद गत साता बुधवार नै सकिएको थियो। तर तिहारको बिदा सुरु भएका कारण उनलाई पाँच दिनपछि मङ्गलवार अदालतमा पेस गरिएको हो।
लामिछानेलाई अदालत लगिँदै गर्दा उनका समर्थकहरूलाई निषेधित क्षेत्र उल्लङ्घन खोजेपछि झडप भएको र प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ।कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार प्रहरीले आठ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ।सहकारी अपचलनकै विषयमा लामिछाने, गोर्खा मिडिया नेटवर्ककै एकजना सञ्चालक छविलाल जोशीसहित चार जनालाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा मङ्गलवार सुनुवाइका लागि उपस्थित गराइएको थियो।
अर्को सहकारी प्रकरणमा रूपन्देही जिल्ला अदालतले समेत लामिछानेलाई अनुसन्धानका लागि पक्राउ गर्ने अनुमति दिएको छ। ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि भन्दै प्रहरीले कात्तिक २ गते लामिछानेलाई काठमाण्डूबाट गिरफ्तार गरी कास्की पु¥याएको थियो।
उनको गिरफ्तारीयता रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको “प्रतिशोधपूर्ण कदम” भन्दै निरन्तर विरोधप्रदर्शन गर्दै आएका छन्। सहकारी प्रकरणमा लामिछाने “निर्दोष रहेको“ उनी स्वयं र उनका समर्थकहरूले दाबी गर्दै आएका छन्।
कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी
झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै
२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय
३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा
प्रतिकृया दिनुहोस