• ON AIR
  • UP NEXT

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन

pathibharafm

२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गर्नुभएको हो ।
एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विकासको नमुना भएको बताए । प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।
शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार यो  बिजनेस कम्प्लेक्स चार बिगाहा १६ कठ्ठा क्षेत्रफलमा बनेको छ । यस कम्प्लेक्समा ९२६ वर्ग मिटरको भुईँ तल्लासहित १८ वटा तला रहेका छन् । यस परियोजनाको अन्तिम लागत रकम एक अर्ब ६३ करोड ५४ लाख रहेको छ । 
२०८० माघ २० गते सम्पन्न गर्नुपर्ने परियोजनाको ठेक्का चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष् र ओम साइराम जेभीले लिएका थिए । कम्प्लेक्सबाहिर बगैँचासहित ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने उनको भनाई छ ।    
उक्त कार्यक्रममा प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलगायत सहभागी रहनु भएको थियो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश

  दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा

pathibharafm

प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन

२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको

pathibharafm

टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

०१ मंसिर झापा ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा टिपरको ठक्करबाट शनिबार दिउँसो दुई जनाको मृत्यु