पाठेघरको मुखको क्यान्सर रोक्न खोप अभियान
दमक /पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि किसोरीहरुलाई लक्षित गरि एच.पी.भी. खोप अभियान झापाको दमकमा पनि सञ्चालन हुने भएको छ ।
यहि माघ २२ गतेदेखि २९ गतेसम्म नगरका सामुदायिक र संस्थागत गरेर ८१ वटा बिद्यालयहरुमा खोप केन्द्र तोकेर यस्तो खोप दिन लागिएको हो ।
खोप अभियान यो बर्ष चल्ने र अर्काे बर्षदेखि नियमित खोपका रुपमा एच.पी.भि प्रदान गरिने दमक स्वस्थ्य शाखा प्रमुख ब्रजेस कुमार मेहेताले जानकारी दिनुभयो ।
यसपटक अभियानका क्रममा दमकका ६ हजार ५ सय २३ जनालाई एचपीभि खोप लगाईने प्रमुख मेहेताले बताए ।
सरकारले देशभरि सञ्चालन गर्न लागेको यो अभियानका क्रममा तोकिएको उमेर समुहका किशोरीहरुको कूल जनसङख्याको ९० प्रतिषतलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
नेपालमा बर्षेनी २ हजार १६९ जना महिलालाई बिभिन्न प्रकारको क्यान्सरबाट मृत्यु हुने गरेकोमा ६१ प्रतिषतको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङक छ ।
जसको आधारमा नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुने गरेको बताईन्छ ।
पाठेघरको मुखको क्यान्सर सन् २०३० सम्ममा निबारण गर्ने सरकारको लक्ष्य राखिएको छ ।त्यसैका लागि नेपालमा पनि यस्तो अभियान र खोप दिने कार्यक्रम ल्याईएको हो ।
डेङ्गी नियन्त्रणमा सरकार सक्रिय,देशव्यापी रुपमा लामखुट्टेक ‘खोज र नष्ट गर’ अभियान शुरु
०९कार्तिक,झापा ।सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि
डेङ्गी संक्रमितको संख्या छ हजार नाघ्यो
१९ भदौ, झापा । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको
डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
२२ साउन,काठमाडौ ।लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग
प्रतिकृया दिनुहोस