पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार
दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ ।
केबलकार नियमनको विषय संघीय मामिला मन्त्रालय अन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन आग्रह गरेको छ ।
स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयसमेतलाई ध्यान दिई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधान गर्न तत्काल पहल अघि बढाउन गृह मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सरोकारवालासँग समन्वय र सहजीकरण गरी समस्या समाधानको पहल अघि बढाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।
’नो केबलकार समूह’ र प्रहरीबीच गत माघ १२ गते झडप भएको थियो । झडपमा गोली समेत चलेको थियो भने दुवैतर्फका २१ जना घाइते भएका थिए ।
केबुलकार निर्माणको बिरोध गर्दै बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । विगत पाँच दिनदेखि झापाबाट पूर्वी पहाडी जिल्लाहरुमा यातायातका साधन चलेका छैनन् भने उताबाट पनि आउन सकेका छैनन् ।
लामो समयसम्म सवारी साधन नचल्दा यात्रुहरु बिचल्लीमा परेका छन् । बन्दका कारण व्यवसाय धरापमा पर्न सक्ने भन्दै व्यवसायीहरुले सम्बन्धित पक्षलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।
शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने
२२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना
कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित
कमल | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण
दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम
प्रतिकृया दिनुहोस