शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने
२२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ।
कर्माब्याण्ड र कुटुम्ब ब्याण्डको मुख्य प्रस्तुति रहने यो कार्यक्रम फागुन १४ गते शिबरात्रीका दिन झापाको कमल ५ स्थित आदिबासी रंगशालामा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य कमल गाउँपालिकाको परिचय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुका साथै विभिन्न सामाजिक सेवाका पहलहरू अघि बढाउनु रहेको कार्यक्रमका संयोजक समेत रहेका ईमानका अध्यक्ष मोनित महर्जनले बताए ।
कार्यक्रमबाट कमल गाउँपालिकामा आर्थिक रूपमा कमजोर परिवारका २० जना नानीबाबुहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने छ । साथै, कमल–५ मा रहेको मंगलमय माविमा अध्ययनरत ३०–३५ जना अपाङ्गता भएका बालबालिकाहरूलाई आवश्यक लत्ताकपडा, स्कुल ब्याग तथा शैक्षिक सामग्री वितरण गरिने उनले बताए ।
सांगीतिक बजारको प्रवद्र्धन गर्ने उद्देश्य पनि बोकेको यस कार्यक्रमले स्थानीय कलाकारहरूलाई व्यावसायिक र व्यवस्थित वातावरण सिर्जना गर्ने विश्वास आयोजक संस्थाले लिएको छ। आयोजकका अनुसार १०,००० भन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा तीन दशकदेखि योगदान पु¥याउँदै आएको चर्चित कर्मा ब्याण्डले प्रस्तुति दिनेछ। यस ब्याण्डका “हुक्का मेरो,“ “को हुन् तिमी,“ “मायालु किन हो“ जस्ता चर्चित गीतहरू दर्शकहरूका लागि विशेष आकर्षण हुनेछन्।
यसैगरी, लोक तथा फ्युजन संगीतको संरक्षण र प्रवद्र्धन गर्दै आइरहेको कुटुम्ब ब्याण्डको प्रस्तुति पनि झापा क्षेत्रका संगीतप्रेमीहरूका लागि नयाँ अनुभव बन्नेछ। करिब दुई दशकदेखि नेपाली लोक बाजाहरूलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै आइरहेको कुटुम्ब ब्याण्ड नेपालभित्र मात्र नभई नेपाल बाहिर पनि लोकप्रिय छ।
यस कार्यक्रमलाई सफल बनाउन एयसक्यु नामक संस्थाले सहकार्य गरेको छ । एयसक्युले कर्मा ब्याण्ड तथा कुटुम्ब ब्याण्डको व्यवस्थापनको जिम्मेवारी लिएको छ र नेपालभित्र तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूको सम्पूर्ण व्यवस्थापन गर्दै आएको छ।
सांगीतिक उत्सवका रूपमा यो कार्यक्रमले झापा तथा आसपासका क्षेत्रका संगीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व पूरा गर्न मद्दत गर्ने आयोजक संस्थाले विश्वास लिएको छ। कार्यक्रमको संचालक चर्चित मिडियाकर्मी तथा कलाकार सुरजसिंह ठकुरी रहनेछन्।कार्यक्रमको टिकट शुल्क रु ७७७ Fan Pit र रु ५५५ नर्मल निर्धारण गरिएको छ
कार्यक्रममा ईमानका अध्यक्ष मोनित महर्जन,सदस्यहरु साजन मगर धिरज श्रेष्ठ अर्जुन थापा,आदिवासी रंगशाला समितीका सचिब रबिन गुरुङ ,५ नं वडा अध्यक्ष लाल ब. बिष्ट,मंगलमाया माबिका प्र.अ टीकाराज सापकोटा लगायतको उपश्थिीति रहेको थियो ।
पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार
दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय
कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित
कमल | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण
दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम
प्रतिकृया दिनुहोस