• ON AIRनेपाली आधुनिक गीत
  • UP NEXTहिन्दी कभर गीत

नक्कली नोटसहित रंगेलीबाट एक महिला पक्राउ

pathibharafm


झापा ।
प्रहरीले नक्कली नोटसहित मोरङको रंगेली नगरपालिका–९ दोहमनाबाट एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनवर्षी नगरपालिका–५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।

खातुनको साथबाट नेपाली ५०० दरका १८ वटा नक्कली नोट बरामद भएको छ । उनीसँगै रहेका अन्य २ जना पुरुष भने फरार भएका छन् ।

प्रहरीका अनुसार खातुनसहित पहिचान नखुलेका २ जना पुरुष बोका किन्न भनेर बिहीबार दोहमना बजारमा आएका थिए । खातुन र मोटरसाइकलमा रहेका २ जना पुरुषले १२ हजारमा २ वटा बोका किने ।

उनीहरूले १ हजार दरका ३ वटा र ५०० दरका १८ वटा नोट दिएका थिए । बिक्री गर्नेले नोट नक्कली रहेको शंका गरेपछि मोटरसाइकलमा रहेका दुई जना पुरुष भागे ।

बोका लिएरै मोटरसाइकलमा २ जना पुरुष फरार भए पनि उनीहरूसँगै रहेकी खातुनलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार परीक्षण गराउँदा फेला परेका ५०० दरका नोटहरू नक्कली रहेको र सबै नोटमा एउटै नम्बर उल्लेख छ । १ हजारको तीन वटा नोट भने सक्कली रहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी

दमक नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

झापा । झापाको दमक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ । नगरपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा

पाथीभरा केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान

झापा । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ ।