विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु
२० असार,झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र रु १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।
हावाहुरीबाट रु दुई करोड ७६ लाख ४० हजार, बाढीबाट रु एक करोड ५० लाख, आगलागीबाट रु नौ करोड ८३ लाख ६ सय र चट्याङले रु आठ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ ।
त्यस अवधिमा बाढीबाट नौ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए ।
ईलामको माईबेनी मेला :पौष २९ देखि माघ ४ सम्म, मकर स्नान र स्थानीय कृषि प्रर्दशनी मुख्य आकर्षण
दमक /ईलामको माईजोगमाई गाउँपालिका–४ मा आगामी पौष २९ गतेदेखि माघ ४ गतेसम्म माईबेनी मेला २०८१ आयोजना गरिने भएको छ। हरेक बर्ष मनाईने माघे संक्रान्ति
पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश
दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रतिकृया दिनुहोस