• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTपाथीभरा समाचार

शैक्षिक गुणस्तर सुधारमा नमुना अभ्यासमा अघि बढ्दै कमल गाउँपालिका


झापा । 
झापाको कमल गाउँपालिकाले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा नमुना अभ्यासलाई अगाडी बढाएको छ ।बिद्यालय तहको शिक्षालाई संविधानलेनै स्थानीय सरकार अन्तर्गत रहने व्यवस्था गरेकाले पनि शिक्षालाई उच्च प्राथमिकतामा राखेर सामुदायिक बिद्यालयका शैक्षिक गुणस्तरमा सुधारका प्रयासहरु अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
कूल २१ वटा सामुदायिक बिद्यालय रहेको कमल गाउँपालिका अन्तर्गतका सबै सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरको समान बिकास गर्ने गरि बिद्यालय सुधारका कार्यक्रमहरु ल्याइएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको भनाई छ ।
अध्यक्ष राईका अनुसार पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुमा सीसि क्यामेरा जडान गर्ने लक्ष्य राखिएको छ ।
पछिल्लो समय सामुदायिक बिद्यालय र आसपासका क्षेत्रमा भईरहेका चोरी, लुटपाट तथा अनैतिक, अवाञ्छित गतिबिधिहरुको निगरानी गर्न र आपराधिक कृयाकलाप नियन्त्रणमा सघाउनका लागि पनि सीसि क्यामेरा जडानलाई प्राथमिकता दिइएको अध्यक्ष राईको भनाई छ ।
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको मुख्य प्रतिबद्धतासहित आफू अघि बढेको बताउँदै अध्यक्ष राईले एक साता भित्रै यहाँ निर्धारित बिद्यालयहरुमा सीसि क्यामेरा जडान गरिने बताए । जडानको काम धमाधम भइरहेको छ, प्राविधिक बिषय भएकाले कतै बाँकी रहेको भए त्यो पूरा हुने अध्यक्ष राईले उल्लेख गरे ।
यस्तै शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले शैक्षिक सत्र २०८१ को प्रारम्भसँगै यसअघि जडान नभएका माध्यमिक तहका सबै र आधारभुत तहको एउटा बिद्यालयमा सीसी क्यामेरा जडान गर्न शुरु गरिएको बताए ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

तटबन्ध नहुँदा सन्थाल बस्ती डुबानको जोखिममा

३१ असार झापा ।माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् उक्त बस्तीका बासिन्दा ।

pathibharafm

हात्ती नियन्त्रणमा मोबाईल एपको प्रयोग

२२ असार झापा ।झापामा हात्ती नियन्त्रणका लागि हात्ती आगमन सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको छ । जिल्लाको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार

विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु

२० असार,झापा । विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने रु १३ करोडभन्दा बढीको क्षति भएको छ ।  चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी,