• ON AIRस्वर्णीम प्रभात (सेन्छेहाङ्मा राई)
  • UP NEXTकार्यक्रम खुल्ला मंच ( दीपक ओली )

सरकारले पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने


झापा ।                          
सरकारले देशभरका पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो।उहाँले ५ लाख भूमिहीनलाई आवास सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताउनुभयो।

उहाँले सरकारले घोषणा गर्दै आएको भू–उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबिच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने बताउनुभयो।उहाँले तीन लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउनेदेखि राष्ट्रिय गौरवका सिँचाइ परियोजना निर्माणमा जोड दिने बताउनुभयो ।

उहाँले सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनुभयो।उहाँले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्याङ्कन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने समेत बताउनुभयो। 

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी तीन दिन भारी वर्षा हुने,४३ जिल्ला उच्च जोखिममा

२६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च

pathibharafm

बाढीपहिरोले देशभरका १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध,१४ सडकखण्ड एकतर्फी सञ्चालनमा

२५ असार,काठमाडौ ।भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।  पछिल्लो

pathibharafm

सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण

२१ असार,काठमाडौ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको