ईलामको माईबेनी मेला :पौष २९ देखि माघ ४ सम्म, मकर स्नान र स्थानीय कृषि प्रर्दशनी मुख्य आकर्षण
दमक /ईलामको माईजोगमाई गाउँपालिका–४ मा आगामी पौष २९ गतेदेखि माघ ४ गतेसम्म माईबेनी मेला २०८१ आयोजना गरिने भएको छ। हरेक बर्ष मनाईने माघे संक्रान्ति पर्बका अवसरमा उक्त मेला आयोजना गरिएको मेला ब्याबस्थापन समितीले जनाएको छ ।
माईबेनी मेलाको मुख्य आकर्षण मकर स्नान र पूजापाठ हुनेछ। माघ १ गते माघे संक्रान्तिमा मकर स्नान गर्ने परम्परा छ ।यस दिनको नदीस्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने विश्वास गरिन्छ । मकर स्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ ।साथै मेलामा ऐतिहासिक शिव मन्दिर दर्शन, विविध खेल, रोटेपिङ, रमाइलो मेला, स्थानीय कृषिउपजका स्टल तथा स्थानीय खानका परिकार मेलाका मुख्य आकर्षण रहने मेला ब्याबस्थापन अध्यक्ष सनमान लिम्बूले जानकारी दिनुभयो ।
यस मेलाले धार्मिक आस्था मात्र नभई स्थानीय संस्कृति र खानाको प्रवद्र्धन गर्न पनि योगदान गर्दै आएको छ। प्रत्येक वर्ष आयोजना हुँदै आएको यो मेला स्थानीय समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ।
हरेक माघ १ मा लाग्ने मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडीलगायत स्थानबाटसमेत हजारौं भक्तजन भेला हुनेगरेका छन् ।यस बर्ष पनि उल्लेख्य भक्तजनहरुको उपश्थित हुने आयोजकले जनाएको छ।
१९२० सालतिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न सुरु भएको स्थानीय अग्रज बताउँछन् । पहिले महिना दिनसम्म लाग्ने मेला हाल एक हप्तामात्र मनाईने गरिएको अध्यक्ष लिम्बुले बताउनुभयो ।
दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम
पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश
दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रतिकृया दिनुहोस