राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरौं : सांसद डाँगी
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले बजेट नहुँदा नहुँदै राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगर्न आग्रह गरेकी हुन् ।
राष्ट्रिय गौरवका आयोजना पनि राजनीतिक लाभ हेरेर हचुवामा घोषणा हुने गरेको भन्दै त्यस्ता योजना वर्षौंसम्म बेबारिसे देखिएको बताइन् ।
‘हामीसँग राष्ट्रिय गौरवका आयोजना धेरै छन्, तर सामाजिक आर्थिक मूल्यांकन नगरिएका आयोजना मात्र । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजना घोषणा गरिदिन्छौं । स्रोतको सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास सिर्जना हुन थालेको छ’, उनले भनिन् ।
कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी
झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै
२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२० कार्तिक काठमाडौ ।सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन
प्रतिकृया दिनुहोस