• ON AIRनेपाली बाल गीतहरु
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ आज

काठमाडौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार साँझ राष्ट्रपति भवनमा शपथ लिँदै छन् । नेपालसहित पाँच छिमेकी तथा मोरिसस र सेसेल्सबाट उच्चस्तरीय प्रतिनिधिमण्डल मोदीको शपथग्रहण समारोहमा सहभागी हुँदै छन् । शपथ समारोहमा सहभागी हुन मोदीको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली पुग्ने कार्यक्रम छ ।

भारत सरकारले छिमेकीबाट प्रधानमन्त्री प्रचण्ड, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ । बंगलादेशकी प्रधानमन्त्री हसिना शनिबारै दिल्ली आइपुगेकी छिन् । मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली आइपुगेका छन् । 

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा कानुनमन्त्री पदम गिरीसहितको प्रतिनिधिमण्डल आइतबार नेपाल एयरलाइन्सको उडानबाट दिल्ली पुग्ने कार्यक्रम छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको ‘शपथग्रहण समारोहपछि प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ,’ भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्री प्रचण्ड सोमबार अपराह्न काठमाडौं फर्किनुअघि भारतीय उद्योगी व्यवसायीको समूहसँग छलफल गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले राष्ट्रपति भवनमा आयोजित रात्रिभोजमा सहभागी हुने क्रममा बंगलादेश, भुटान, श्रीलंकाका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नेछन् ।

नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड तथा चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देशम पार्टीसहित राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडिए०ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । कुल ५४३ सदस्य संख्या रहेको भारतीय लोकसभामा एनडिएले २९२ सिट जितेको छ । 

भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार मोदीलाई प्रधानमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तारका लागि स्वीकृति दिएकी थिइन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा आइतबार साँझ सवा ७ बजे राष्ट्रपति मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहलाई शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहण समारोहमा विदेशीसहित आठ हजार पाहुनालाई आमन्त्रित गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । 

मोदी पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा २०१४ मा सार्क सदस्य मुलुकका नेता तथा मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । २०१९ मा मोदीले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा बिमस्टेक मुलुकका सदस्य र मोरिससका प्रधानमन्त्री आमन्त्रित थिए । पहिलोपटक मोदीले शपथ लिँदा नेपालबाट प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए । दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए । 

मोदी तेस्रो कार्यकालका लागि लगातार प्रधानमन्त्री हुने दोस्रो भारतीय नेता हुन् । यसअघि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले लगातार तेस्रो कार्यकाल सरकार सञ्चालन गरेका थिए । नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १६ वर्ष २८६ दिन भारतका प्रधानमन्त्री थिए ।

शपथग्रहण समारोहको पूर्वसन्ध्यामा भारतको राजधानी नयाँदिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिभवनवरपर तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या बढाइएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

अत्यधिक गर्मीले साउदीको मक्कामा पाँच सय हजयात्रीको मृत्यु

काठमाडौ । साउदी अरबको मक्का मदिनामा हज गर्न गएका तीर्थयात्री मध्ये पाँच सय जनाको अत्यधिक गर्मी र तातो हावाका कारण मृत्यु भएको आधिकारिक रुपमा पुष्टि

भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त

नया दिल्ली । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि नियुक्त हुनुभएको छ । राष्ट्रपति द्रौपदी मुर्मुले हिजो बेलुका उहाँलाई

pathibharafm

नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राजीनामा

नया दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद्