• ON AIRबालबालिकाका निम्ति साचाहरु
  • UP NEXTरास्ट्रिय गीत

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा

pathibharafm

२१ साउन,काठमाडौ ।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । आरक्षण विरोधी आन्दोलन चर्किएर सोमबार स्थिति नियन्त्रण बाहिर गएपछि हसिनाले राजीनामा दिएकी हुन् । 
राजधानी ढाकामा करिब चार लाख आन्दोलनकारी सडकमा उत्रिएर नियन्त्रण बाहिर गएसँगै उनले राजीनामा दिएकी हुन् । 

हसिनाले प्रधानमन्त्रीको सरकारी निवासमेत छाडिकसेकी छिन् । समाचार एजेन्सी एएफपीले सूत्रलाई प्रयोग गर्दै उक्त जानकारी दिएको हो । 

हसिना ढाका छाडेर सुरक्षित स्थानमा गइसकेकी छिन् । उनीसँग उनकी बहिनीसमेत साथमा रहेकी छिन् । 

मिडिया रिपोर्टअनुसार हसिना सेनाको हेलिकोप्टरमा सवार रहेर भारत पुगेकोसमेत बताइएको छ । 

उनी पश्चिम बंगालमा गएको बताइए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । 

बंगलादेशमा चलेको आरक्षणको विरोधका कारण तीन सय भन्दा बढीको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । 

सेना प्रमुख जनरल वकार–उज–जमानले हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सबै दलसँगको सहमतिमा अन्तरिम सरकार बनाउने बताएका छन् ।  

प्रतिकृया दिनुहोस
pathibharafm

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा ३९ उम्मेदवार मैदानमा

काठमाडौँ । सेप्टेम्बर २१ मा श्रीलंकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कुल ३९ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा वर्तमान

pathibharafm

युक्रेनको वायुसेनाले खसाल्यो रसियाको ५७ मध्ये ५३ ड्रोन

किभ, २७ साउन । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दावी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क

pathibharafm

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसको शपथ

२५ साउन,काठमाडौ ।नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बिहीबार बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखका रूपमा सपथ लिनुभएको छ । उहाँका लागि अब प्रमुख