एमाले झापाको सदस्यमा १० जना मनोनित
झापा /नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । हिजो सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए ।
उनका अनुसार हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चमलागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम,तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ ।
बैठकले क्षेत्र नं. १ को संयोजकमा कृष्ण खनाल, २ मा बद्री भट्टराई, ३ मा लक्ष्मण पाठक, ४ मा धनबहादुर थेवे र ५ मा नारायण गौतमलाई जिम्मेवारी प्रदान गरेको सचिव कार्कीले जानकारी दिए ।
कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी
झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै
२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२० कार्तिक काठमाडौ ।सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन
प्रतिकृया दिनुहोस