प्रथम झापा कप :आर्मीलाई रोक्दै सहलेसले अन्तिम चारमा स्थान बनायो
पाथीभरा डेस्क
दमक ।सिरहाको सलहेश युवा क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको सेमिफाईनलमा प्रबेश गरेको छ ।
बिभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सहलेसले अन्तिम चारमा स्थान बनाएको हो ।
सलहेशको जितमा खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को अग्रता दिलाए।यस्तै सलहेशको लागि दोस्रो गोल आदित्य शाक्यले गरे । यस्तै प्रतियोतिमा बिभिन्न अबसर पाएको आर्मीलेस्कोर भने निकाल्न नसक्दा आर्मी स्तब्ध भएको हो ।
खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपजिेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
२७ कार्तिक काठमाण्डौ ।यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२०
भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै
२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ
भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा
२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्
प्रतिकृया दिनुहोस