भारतलाई हराउदै बंगलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ च्याम्पियन भारतलाई ४-३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो ।
यस अघि निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १-१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो ।
अब बंगलादेशले उपाधिका लागि नेपालको सामना गर्ने छ । नेपालले आइतबार पहिलो सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । फाइनल खेल बुधबार हुदै छ ।
प्रथम झापा कप :आर्मीलाई रोक्दै सहलेसले अन्तिम चारमा स्थान बनायो
पाथीभरा डेस्क दमक ।सिरहाको सलहेश युवा क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको सेमिफाईनलमा प्रबेश गरेको छ । बिभागीय टोली त्रिभुवन आर्मी
नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
२७ कार्तिक काठमाण्डौ ।यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । १९ वर्षमुनिको महिला टी–२०
भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै
२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ
प्रतिकृया दिनुहोस