नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
२७ कार्तिक काठमाण्डौ ।यूएईलाई हराउँदै नेपाल आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकपको एशिया छनोटको निर्णायक खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, सोनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।
यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनायो । यूएईकी समिरा धार्निधार्काले सबैभन्दा धेरै ३१ रन बनाइन् । नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए । कृष्माले खेलको १८ औं ओभरमा ३ विकेट लिइन् ।
चार वटा देश सहभागी प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहेर पहिलो पटक १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट भएको हो । नेपालले ६ खेलमा १० अङ्क जोड्यो । यूएईको पनि ६ खेलमा १० अङ्क भए पनि नेट रन रेटका आधारमा दोस्रो भयो । यस्तै थाइल्यान्ड ६ खेलमा ४ अङ्कसहित तेस्रो र कुवेत ६ वटै खेल हारेर पुछारमा रह्यो ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । यस्तै नेपाल तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भएको थियो । यस्तै नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रन र पाँचौं खेलमा कुवेतलाई १ सय ६५ रनले हराएको थियो ।
१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
प्रथम झापा कप :आर्मीलाई रोक्दै सहलेसले अन्तिम चारमा स्थान बनायो
पाथीभरा डेस्क दमक ।सिरहाको सलहेश युवा क्लब झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको सेमिफाईनलमा प्रबेश गरेको छ । बिभागीय टोली त्रिभुवन आर्मी
भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै
२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ
भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा
२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्
प्रतिकृया दिनुहोस