पाँचथरमा बिस्फोटक पर्दाथ पड्किदा दुई बालबालिकाको मृत्यु,दुई घाईते
१४ भदौ,पाँचथर ।पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङवुङको डाँडागाउँ टोलमा हिजो भएको विस्फोटमा परी दुई दाजुबहिनीको मृत्यु भएको छ ।
उपचारका लागि झापातर्फ ल्याउने क्रममा स्थानीय दिलिप साँवाका अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राति १ वजे बीएन्डसी अस्पताल बिर्तामोड ल्याइपु¥याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिशिबार दिउँसो ३ बजे स्थानीय आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा र दिपक राईका छोरा ७ वर्षीय दिप्सन राई घाइते भएका थिए । घाइते बालक पवनको भने पाँचथर अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दिप्सन राई डिस्चार्ज भएका छन् । बालबालिकाहरु आँगनमा खेलिरहेको अवस्थामा विष्फोट भएको थियो ।
उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए । घटनास्थलमा अर्को एउटा शंकास्पद वस्तु पनि भेटिएकाले बम हो होइन यकिन गरी डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको पनि भण्डारीले बताए ।
ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विस्फोट भएको घरका धनी आइतराज माओवादी कार्यकर्ता हुन् । त्यो घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको छ । बम द्वन्द्वकालमा लुकाइएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।
पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश
दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रतिकृया दिनुहोस