• ON AIRनेपाल खबर
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

pathibharafm


झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ ।
हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको नगरपालिकाले जनाएको छ । विगतमा हाउजी, मिनि मेलाका कारण विवाद हुने गरेको र त्यसले नगरको सामाजिक वातावरणमा समेत प्रभाव पर्ने भनेर सिफारिस नदिने निर्णय गरेको हो । यस अघि जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दलका नेतृत्व र पालिकाका प्रमुख विचको बैठकले नै अनुमति नदिने निर्णय गरेको थियो ।
दमक नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय उत्पादनले प्रबद्र्धन पाउने र रोजगारी सिर्जना हुने किसिमका मेलालाई मात्र अनुमति दिने निर्णय गरेको छ । बिगतमा दमकमा हाउजीका नाममा जुवाजन्य गतिविधि हुने गरेको थियो । नगरपालिकाको निर्णयले यस वर्ष दमकमा दसै तिहारमा हाउजी नहुने भएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै

१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्

pathibharafm

लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण

१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको

pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट