दमक नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न

सुनुवाई झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ /०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका,विभिन्न विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवद्र्धन र सेवा प्रवाहको सम्बन्धमा नगरपालिको भवानमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।कार्यक्रममा दमक नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले चालू आर्थिक बर्षमा नगरपालिकालेगरेका काम उपलब्धीको चर्चा गर्नुभएको थियो । दमक नगरपालिकाको आयोजना र भिन्न मिडीया एण्ड रिसर्च प्रालिको संयोजन र सहजीकरणमा कार्यक्रममा सयौको संख्यामा उपश्थिती रहेको थियो । कार्यक्रममा पहिलो र दास्रो चरण गरि १० जना नागरिकहरुले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । उनीहरुले विकास निर्माणका विभिन्न पक्षहरुको विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए । नागरिकहरुको प्रश्नको जवाफमा नगरपालिका प्रमुख रामकुमार थापा उपप्रमुख रेगिना भट्टराई प्रसाई प्रमुख प्रशासकिय अधिकृत गणेशराज कार्कीले दिएका थिए ।प्रश्नको जबाफ दिदै नगरप्रमुख थापाले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रममा भिन्न मिडीय एण्ड रिसर्चका तर्फबाट नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास
३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन

चट्याङ लागेर एकको मृत्यु
२७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो
२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा
प्रतिकृया दिनुहोस