दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क
दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ ।
‘उन्नत प्रविधि सक्षम व्यवस्थापन, उज्यालो भविष्य हाम्रो अभियान’ नाराका साथ सो रोजगारमेला दमक नगरपालिका, उद्योग वाणिज्य संघ दमक, दमक टेक्निकल फाउण्डेशन तथा श्रीयन्त्र कलेज दमकको आयोजनामा सपन्न भएको हो ।
उक्त मेलाको उद्धाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्नुभएको थियो ।त्यस क्रममा नगर प्रमुख थापाले स्थानीयस्तरमा रोजगारी खोज्न सहजताका लागि लगाएको मेलाले स्थानीयस्तरमै रोजगार बन्ने समेत सन्देश दिने बताउनु भयो ।पछिल्लो समय बैदेशिक रोजगारी प्रति आर्कषण बढेको समयमा यस्ता कार्यक्रामले केहि हदसम्म युवापुस्तामा प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।यस्तै कार्यक्रममा कलेजका प्रिन्सिपल श्याम कुमार बिष्टले युवाहरुलाई स्वदेशमै गुणस्तरीय रोजगारी प्रदान गर्न गर्ने उदेश्यले गरएको यस किसिमको मेलाले बिद्यार्थीहरुलाई रोजगार प्रदान गर्ने थालनी भएको र यसलाई भबिष्यमा थप ब्यबस्थित बनाईदै लैजाने बताउनु भयो ।
सस्थाका अध्यक्ष महेन्द्रप्रसाद घिमिरेले आफूहरुले सोचे अनुरुपको जमघट मेलामा हुन नसकेको जनाउनुभयो ।पर्याप्त प्रचारप्रसारका बाबजुद पनि उपश्थिीति न्यून मात्रामा हुनु दुखद पक्ष रहेको उहाको भनाई थियो ।उहाँले आफ्नो पहिलो प्रयास भएकाले आगामी दिनमा पनि स्थानीय सरकार र सरोकारहहरुको सहयोगले यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
फाउण्डेशनले सञ्चालन गरेको ‘रोजगार मेला’मा कूल ३९ पदका लागि १७ रोजगार संस्थाहमा ५० जना भन्दा बढी आबेदन परेको थियो ।
उक्त आबेदनमाथि रोजगारदात सस्थाका प्रतिनिधीहरुले पत्यक्ष अन्र्तबार्तामार्फ छनोट गर्ने फाउण्डेशनका अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।
रोजगारदाताका रुपमा नेक्स्ट इरा एनर्जी प्रालि, फस्ट लिंक, हिमशिखर टेलिभिजन, पाथीभरा एफएम, होटल स्वर्गलोक, होटल नेपाली रिक्का, थ्रि इन होटल, कामाक्ष होटल, क्रिस्टल सोलुसन बिर्तामोडको उपश्थिती रहेको थियो ।
कार्यक्रममा, दमक नगरपालिकाका ९वडाध्यक्ष कुवेरप्रसाद भट्टराई, ६ नं का अध्यक्ष टेक ब. थापा,दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईं गोपाल, होलसेल व्यवसायी संघ दमकका सचिव रमेश खतिवडा, लगायतले शुभकामना मन्तव्य शुभकामना राखेका थिए । कार्यक्रमको सञ्चालन कलेजका प्रशिक्षक केदार रिमालले गर्नुभएको थियो ।
ईलामको माईबेनी मेला :पौष २९ देखि माघ ४ सम्म, मकर स्नान र स्थानीय कृषि प्रर्दशनी मुख्य आकर्षण
दमक /ईलामको माईजोगमाई गाउँपालिका–४ मा आगामी पौष २९ गतेदेखि माघ ४ गतेसम्म माईबेनी मेला २०८१ आयोजना गरिने भएको छ। हरेक बर्ष मनाईने माघे संक्रान्ति
पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश
दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा
प्रधानमन्त्री ओलीद्धारा दमक भ्यू टावरको उद्घाटन
२३ मंसिर,दमक ।प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गर्नुभएको छ । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको
प्रतिकृया दिनुहोस