कोशी प्रदेशसभाको दोश्रो कार्यकालको दुई बर्ष पूरा
२४ माघ,झापा कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको दुई वर्ष पूरा भइसकेको छ ।यसबीचमा ६ वटा सरकार फेरिएका छन्, सभामुख नै दुईपटक चुनिइसकेका छन् ।
सरकारदेखि सदनसम्म जिम्मेवारी लिएका प्रदेशका शीर्ष नेताहरू स्वयम् सन्तुष्ट नरहेको प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो वर्ष पूरा हुँदा अरु सांसदहरू झनै निराश छन् ।
२०७९ पुस १७ मा पहिलो बैठक बसेर सुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालको हालसम्मको समय सांसदहरूकै भनाइमा बिर्सनलायक रहेको छ । त्यसो त पहिलो कार्यकालले पाँच वर्षमा टुंग्याउन नसकेको प्रदेशको नामकरण यही प्रदेशसभाले टुंग्याएको हो । यद्यपि बिना छलफल नामकरण गरिएको भन्दै प्रदेशमा यसले दीर्घकालीन तनाव थोपरिदिएको छ ।
नामकरण बाहेक प्रदेशसभाको दोस्रो कार्यकालको बहुसंख्यक समय कि सरकार बनाउन र भत्काउनमा बितेको छ, कि बिदामा । प्रदेशसभामा अहिले छैटौं अधिवेशन
चलिरहेको छ,हालसमम जम्मा ७६ वटा मात्रै बैठक सम्भव भएका छन् । जबकि पहिलो कार्यकालको पाँचौ अधिवेशनसम्ममै १ सय ७० पटक बैठक बसेको थियो ।
दोस्रो कार्यकालको पहिलो अधिवेशन २०७९ पुस १७ देखि फागुन १७ सम्म चल्दा १३ वटा बैठक भएको थियो भने दोश्रो अधिवेशन २०८० जेठ १४ देखि जेठ ३१ सम्म चल्दा जम्मा ६ वटा मात्रै बैठक आयोजना भएको थियो ।
२०८० असार १४ देखि भदौ ६ सम्म चलेको तेस्रो अधिवेशनमा ५ वटा, चौथो अधिवेशन (२०८० असोज १७ देखि पुस २५सम्म) २३ वटा वटा बैठक भएको थियो । माघ ७ मा सुरु भएको छैटौं अधिवेशनमा हालसम्म ८ वटा बैठक सम्पन्न भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
दोस्रो कार्यकालमा जम्मा १३ वटा विधेयक मात्रै पारित गरेको प्रदेशसभाले झण्डै दुई वर्षपछि मात्रै संसदीय समितिको नेतृत्व चुनेको थियो ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएयता कोशी सभाले ६ वटा सरकार बनाइसकेको छ । हिक्मतकुमार कार्कीलाई तीन पटक, उद्धव थापालाई दुई पटक मुख्यमन्त्री बनाएको सभाले केदार कार्कीलाई एकपटक मुख्यमन्त्री बनाएको छ ।
दोस्रो कार्यकालमा दुईजना सभामुख पाएको प्रदेशसभाले सभामुखदेखि सरकार बनाउने र हट्ने सवालमा पटकपटक अदालतको ढोका ढक्ढक्याउनुपरेको छ ।
प्रदेशसभा राजनीतिक अस्थिरताको मारमा परेको भन्दै मुख्यमन्त्री कार्कीले यसअघि पनि पटकपटक अभिव्यक्ति दिंदै आएका छन् एमाले र कांग्रेस मिलेर सरकार बनेपछि अस्थिरता अन्त्य भएकाले अब संसद् प्रभावी बन्ने उनको विश्वास छ ।

आज लोकतन्त्र दिवस
११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका सरोकारवालासँग छलफल
२६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित
२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने
प्रतिकृया दिनुहोस