• ON AIRनेपाली आधुनिक गीत संगीत
  • UP NEXTविविसी नेपाली सेवा

धार्मिकस्थल हलेसीमा ग्यासबाट सल्किएको आगोले तीन घर जलेर नष्ट |

pathibharafm

खोटाङ  धार्मिकस्थल हलेसी बजारमा भएको आगो करिब चार घण्टापछि यिन्त्रणमा आयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो । आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । ‘आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ’ उनले भने, ‘आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।’ पदम राईको घरबाट खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर सुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिए । आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो ।

प्रतिकृया दिनुहोस
pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन

pathibharafm

चट्याङ लागेर एकको मृत्यु

  २७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय

pathibharafm

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो  

२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा