गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास

३१ चैत्र गौरादह ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन अस्पताल भवनको औपचारिक रूपमा ओलीले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलिले गौरादहमा १५ सैयाको नगर अस्पतालको निर्माण कार्य सुरु भएसँगै स्थानिय जनताको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताएका छन् । त्यस्तै भारत सँग खुल्ला सिमा रहेकाले भारतिय नागरिकले पनि अस्पताल संचालनमा आए पश्चात भस्वास्थ्य लाभ लिने ओलीको भनाइ छ। यदि यो अस्पताल निर्माण पश्चात उपचारका विभिन्न क्षेत्रमा सेवाहरू पुर्याउन सकियो भने ५० सैयाको अस्पतालको रूपमा स्तरउन्नति गर्न सक्ने ओलिको जिकिर छ । अस्पताल सञ्चालनमा आएपछि मृगौला ,आँखा तथा सर्पदंश उपचारको सेवा पनि थप्न सकिने ओलीले बताएका छन्। अस्पताल निर्माणको प्रक्रिया सुरु भएसँगै यहाँका जनतालाई आशा भरोसा तथा बिस्वास जगाएको ओलीको भनाइ छ।
अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा रु १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ। निर्माण कम्पनीले निर्धारित समय अगाबै अस्पताल हस्तान्तरण गरिने पनि जनाएको छ।
उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलिले हरेक क्षेत्रमा उन्नति प्रगति भइरहेको बताएका छन् । सबै क्षेत्रमा स्तर उन्नतिको काम पनि निरन्तर भइरहेको ओलिको जिकिर छ। त्यस्तै स्मार्ट सिटीलाई अघि बढाउने, गौरीगञ्जमा सञ्चालनमा आएको छोटी भन्सारलाई नेपाल भारत सीमामै राखिनु पर्ने ओलीको भनाइ थियो । त्यसको लागि काम अघि बढिसकेको छ, भन्सार कहाँ राख्नुपर्छ त्यो हामीलाईथाहा छ त्यो अरुले सिकाइरहनु पर्दैन ओलिले भनेका छन्। त्यस्तै कृषि क्याम्पस सञ्चालन गर्नका लागि छात्रावासको व्यवस्था गरिने , र विभिन्न अधुरा कामहरू निरन्तर पुरा गर्दै जाने ओलीले स्पष्ट पारेका छन्।

चट्याङ लागेर एकको मृत्यु
२७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो
२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा

दमकमा आदिवासी सांस्कृतिक महोत्सव हुने
१४ चैत्र दमक /झापाको दमकमा यहि चैत २१ गतदेखि १५ दिने ‘आदिवासी सांस्कृतिक महोत्सव’ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले
प्रतिकृया दिनुहोस