• ON AIRनेपाली कभर गीत
  • UP NEXTनेपाली पप गीत

झापामा महिनौँदेखि वर्षा नहुदा खडेरीले खेतमै बाली सुक्न थाले

pathibharafm

 

 

झापा /झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पु¥याएको छ । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने बेलामा खडेरीले मकै बालीलाई ठूलो क्षति पुर्याउने बताए । झापामा महिनौँदेखि वर्षा भएको छैन ।

झापामा सिँचाइ सुविधा भएको क्षेत्रफल यकिन छैन । सरकारी आँकडामा ६० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधा रहेको बताइए पनि धेरैजसो सिँचाइ आयोजना मर्मतसम्भारको अभाव र स्रोत सुक्दै गएका कारण किसानले खेतीमा पर्याप्त पानी पठाउन सकेका छैनन् ।

मेचीनगर–१५ ज्यामिरगढीका जयप्रसाद भेटवालको खेतीमा खडेरीले मकैका बोट ठाडै सुकेका छन् । ज्यामिरगढीको अधिकांश क्षेत्र सिँचाइ सुविधाबाट वञ्चित छ । निन्दा र टिमाइ खोलामा बाँध बाँधेर नहर सञ्चालन हुँदै आए पनि खडेरीले नहरको मुहानमै पानी अभाव भएको छ ।

निन्दा नहरको मुहान कच्ची रहेको र पानीको स्रोत सुक्दै गएका कारण नहरमा कमिला कुदिरहेको स्थानीय किसान बताउँछन् । नहरमा पानी नआउने र खडेरी चर्किएपछि गाउँका अधिकांश मकैबाली सुकेर परालसरी भएको स्थानीय किसान अम्बिका शिवाकोटी बताउँछिन् । किसानका लागि मकै धानपछिको मुख्य उत्पादन बाली हो । तर, मकैका बोट सुकेर क्षति पुगेका किसानको अवस्था बुझ्न हालसम्म कुनै तहको पनि सरकारका प्रतिनिधि नआउँदा उदेक लागेको शिवाकोटी बताउँछिन् । 


कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतनाथ भण्डारीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा झापामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकै खेती गरिएकामा चालू आवमा मकैखेती विस्तार भएको छ । जिल्लामा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन मकैबाली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।  कृषिविज्ञ खरेल लामो खडेरीको मुख्य कारण जलवायु परिवर्तनको असर भएको बताउनुहुन्छ । खडेरी प्रभावित मकै खेतीमा घोगा नलाग्ने समस्या आउने उनको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन