• ON AIRहिन्दी कभर गीत
  • UP NEXTपाथीभरा समाचार

भद्रपुर विमानस्थलबाट चाँदीसहित एक भारतीय महिला पक्राउ

pathibharafm


झापा । 
भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेकी छिरिङको झोला प्रहरीले चेकजाँच गर्दा लुकाइछिपाई राखेको २ किलो ५ ग्राम चाँदीको दुई थान डल्लो र २८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको थियो । अवैध चाँदीसहित पक्राउ परेकी महिलालाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डीएसपी चन्दले बताए ।  

प्रतिकृया दिनुहोस

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी

दमक नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

झापा । झापाको दमक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ । नगरपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा

पाथीभरा केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान

झापा । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ ।