• ON AIRनेपाल खबर
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

भीमबहादुर देवान स्मृति कप : न्यू स्टार र पूर्ब क्षितिज क्लब क्वाटरफाईनलमा

pathibharafm


१९ असोज दमक ।न्यू स्टार फूटबल क्लब र पूर्ब क्षितिज फूटबल क्लब सोयाङ ईलामको नाम्सालिङमा जारी भीमबहादुर देवान स्मृति कपको क्वाटरफाईनमा प्रबेश गरेका छन् ।
आज भएको खेलमा माइबेनी फूटबल क्लबलाई १—० गोलअन्तरले हराउदै न्यू स्टारले क्वाटर फाईनलको यात्रा तय गरेको हो ।त्यस्तै आज नै भएको दोस्रो खेलमा कर्फाेक फूटबल क्लबलाई हराउदै पूर्ब क्षितिज फूट बल क्लब सोयाङ आगामी चरणमा प्रबेश गरेको हो ।
यस्तै भोलि दुई खेल सञ्चालन हुदैछन् ।पहिलो चरणमा आयोजक ज्योती स्पोर्टिङ क्लब ए र सुनौलो फुटबल क्लब माईजोगमाई ४ बीच प्रतिष्पर्धा गर्दैछन। त्यस्तै दोस्रो खेलमा सिभिएफसी फूटबल क्लब र लभ्ली फूटबल क्लब जोगमाईबीच प्रतिष्पर्धा हुदैछन ।
स्थानीय ज्योति स्पोर्टिङ क्लबको आयोजना तथा भिसिआरको प्रायोजनमा भएको प्रतियोगितामा आयोजक ज्योति स्पोटिङ क्लबसहित १७ टिम सहभागी छन् ।
प्रतियोगितामा बिजेता टिमले नगद ७० हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै उपबिजेतालाई नगद ५० हजार मेडल,ट्रफिसहित प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतियोगिताको अन्तिम दिन असोज २४ गते फूलपाती बिशेष सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको क्लबका अध्यक्ष अमित राईले जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै

२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ

pathibharafm

भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा

२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्

pathibharafm

ज्योति स्पोर्टिङ क्लब भीआरसी खुल्ला पूरुष नकाउटको क्वाटरफाईनलमा

२० असोज,ईलाम। आयोजक ज्योति स्पोर्टिङ क्लब जारी  भिआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फुटबल प्रतियोतिाको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आईतबार