• ON AIRनेपाली कभर गीत
  • UP NEXTनेपाली पप गीत

काँकडभिट्टा–लौकही सडक निर्माण : विपद्जन्य घटना रोक्न ट्राफिक प्रहरीलाई निर्देशन ।

 

झापा ।

पूर्व–पश्चिम एसियन राजमार्ग निर्माणका क्रममा सडक दुर्घटना बढ्न सक्ने भन्दै विपद्जन्य घटना न्यूनीकरणका लागि छुट्टै कार्ययोजना बनाएर अघि बढ्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले काँकडभिट्टा– लौकही सडक खण्डको (पूर्वी खण्ड) निर्माणका क्रममा विपद्जन्य घटना हुन सक्ने भन्दै त्यसलाई न्यूनीकरणका लागि निर्माण व्यवसायीसँग समन्वय गरी काम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई निर्देशन दिइएको हो ।
सडक निर्माणका क्रममा कल्भर्ट, पुल लगायतका संरचना निर्माण गर्दा मनसुन याममा पानीको प्रवाह रोकिन सक्ने र विपद्जन्य घटना हुन सक्ने भएकाले त्यसलाई रोक्न छुट्टै कार्ययोजना बनाई काम गर्न निर्देशन दिइएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । उनले सडक निर्माणका क्रममा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण र मनसुनका कारण पानीको बहाव बढेर हुन सक्ने दुर्घटना न्यूनीकरण लागि पहल गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको हो । 
काँकडभिट्टा–लौकहीसम्मको ९६ किलोमिटर सडक निर्माण पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको छ । 
 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको

pathibharafm

ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै

१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्

pathibharafm

लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण

१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको