• ON AIRनेपाली फिल्मी गीत
  • UP NEXTनेपाल खबर

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाई


झापा ।
क्रिकेटर सन्दीपलामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । ‘जिल्ला अदालतले जुन फैसला गरेको थियो, त्यो पूर्ण रुपमा उल्टिएको छ’ उनले भने, ‘सन्दीपले पूर्ण रुपमा सफाई पाउनुभएको छ ।’ जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित ९गौशला २६० ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

  काठमाडौं–  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा

pathibharafm

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहा  का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह

pathibharafm

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जानुहुँदै

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय