• ON AIRहिन्दी कभर गीत
  • UP NEXTनेपाल दर्पण

२१ औँ राष्ट्रिय धान दिवसका लागि नारा तय

pathibharafm

 

काठमाडौँ ।
सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो । 
विभागका महानिर्देशक डा हरि बहादुर केसीको अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि सो नारा तय गरिएको हो । 

यसअघि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले धान दिवसको लागि देशव्यापी रूपमा नारा सङ्कलन गरेको थियो । सोही अनुसार नारा तय गरिएको हो । 

सोही नारामा आधारित रही आगामी असार १५ गते धानवाली प्रवर्द्धनका लागि देशव्यापी रूपमा दिवस मनाउन आग्रह गरिएको छ । 

प्रतिकृया दिनुहोस
pathibharafm

चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्नीच्युडको भुकम्प

काठमाडौँ /चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु

pathibharafm

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान

२७ कार्तिक,काठमाडौ ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् ।  काठमाडौंमा

pathibharafm

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा