• ON AIRजिन्दगीका पानाहरु (देब)
  • UP NEXTपुराना नेपाली आधुनिक गीत

अबिरल बर्षाले बिराटनगर जलमग्न

pathibharafm


१२ असार,बिराटनगर । निरन्तरको बर्षाका कारण मोरङको विराटनगर जलमग्न भएको छ । गएरातिदेखि परेको अविरल वर्षाले विराटनगर महानगरपालिकाका १९ वटै वडाबासी डुबानबाट प्रभावित भएका छन् । डुबानका कारण बुधबार अधिकांश विद्यालय बन्द भएका छन् । 

सडक भन्दामाथि नाला निर्माण हुनु र नालाको पानीले पनि निकास नपाउँदा हरेक वर्ष महानगर डुबानमा पर्दै आएको छ । महानगर–३ को हिमाली मार्ग, फिफा, त्रिमार्ग, आस्था र मितेर मार्गका ९० प्रतिशत घर डुबानमा परेका छन् । 

स्थानीय वासु भण्डारीका अनुसार पहुँचका आधारमा सडक र नाला निर्माण गरेर पानीको निकास नगर्दा वडाको पुरै वस्ती नै डुबानमा परेको हो । उनका अनुसार हिमाली मार्ग अन्तर्गतका घरको भुईँ तलामा पानी छिरेको छ । 

यसक्षेत्रका अधिकांश घरको भुईँ तलामा दुई फिटसम्म पानी जमेको छ । वडा–३ कै पिपल चोकको प्रताप मार्गको सडक निर्माण गर्ने क्रममा सडक भन्दामाथि नाला बनाईंदा त्यहाँका सय भन्दा बढी घर डुबानमा परेको स्थानीय पिताम्बर बजगाईले बताए । 

 

प्रतिकृया दिनुहोस
pathibharafm

चीन केन्द्रबिन्दु बनाएर ७ म्याग्नीच्युडको भुकम्प

काठमाडौँ /चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु

pathibharafm

ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका दीपक मनाङे कारागार चलान

२७ कार्तिक,काठमाडौ ।ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङ कारागार चलान भएका छन् ।  काठमाडौंमा

pathibharafm

आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा