• ON AIRनेशनल गीत
  • UP NEXTनेशनल गीतहरु

प्रदेशलाई अधिकार दिन संघीय सरकार तयार नभएको कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको भनाई

pathibharafm


१६ असार, विराटनगर ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकार प्रदेशलाई अधिकार दिन तयार नभएको बताएका छन् ।

प्रदेशको एकल अधिकारमा पनि संघीय सरकारले अंकुश लगाएको उनको गुनासो छ । आइतबार प्रदेश तहमा निर्मित कानुनको अध्ययन तथा समीक्षा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशलाई अधिकार नदिने मनसाय संघीय सरकारमा देखिएको बताएका हुन् ।


‘एकल अधिकार दिनसमेत संघीय सरकार विभिन्न अंकुश लगाएर बसेको छ’, उनले भने, ‘अधिकार दिनु हुँदैन भन्ने मनसाय देखिन्छ ।’  संघले मुख्यमन्त्रीहरुको भेला समेत गर्न रोक लागाएर प्रदेशमाथि अन्याय गरिरहेको उनले बताए ।

केन्द्रिकृत मानसिकताका कारण प्रदेश सरकारप्रति प्रहार भइरहेको उनको भनाइ छ । संविधान र कानुनले दिएका राजस्व बाँडफाँटजस्तो विषयमा समेत विभिन्न अड्चन झिकेर रोक्ने काम भएको बताउँदै उनले प्रदेशलाई बजेट दिन संघीय सरकारले आनाकानी गरेको गुनासो गरे ।

‘संघले हामीलाई खटाई खटाई खान दिएजस्तो गर्छ’, उनले भने, ‘यो तोडेर अगाडि नबढेसम्म प्रदेशका कानुन कार्यान्वयन गर्न र प्रदेशलाई समृद्ध बनाउन सकिदैन ।’

प्रदेशका कानुनहरु जनतामाझ नपुगेको गुनासोलाई सम्बोधन गर्ने मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिकृया दिनुहोस
pathibharafm

नेपाली कांग्रेस कोशी प्रदेशद्धारा कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ

झापा /‘संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ भन्ने मूल नारासहित नेपााली कांग्रेस कोशी प्रदेशले

pathibharafm

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्

pathibharafm

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै

२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति