• ON AIRपाथीभरा समाचार
  • UP NEXTविविसी नेपाली सेवा

काभा महिला भलिबलमा माल्दिभ्समाथि नेपालको सहज जित

pathibharafm

२१ साउन,काठमाडौ ।काभा महिला भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्समाथि सहज जित निकालेको छ । 
सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई  २५–८, २५–१९ र २५–१८ को सेटमा पराजित गरेको हो । 
योसँगै लिगमा दोस्रो स्थानमा रहेको नेपालले सेमिफाइनलमा तेस्रो स्थानको इरानसँग प्रतिस्पर्धा गर्ने छ । तालिकाको शीर्ष स्थानमा रहेको भारतले सेमिफाइनलमा श्रीलंकाको सामना गर्नेछ । सेमिफाइनलको पहिलो खेलमा मंगलबार दिउँसो ३ बजे भारतले श्रीलंकाको सामना गर्नेछ ।  यस्तै, दोस्रो सेमिफाइनलमा साँझ सवा ५ बजे नेपालले इरानको सामना गर्नेछ । यसअघि लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 
यसअघि सोमबारै भएको पहिलो खेलमा भारतले श्रीलंकालाई २५–१३, २५–२१ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल बर्षाले रद्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल बर्षाले रद्ध भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली

pathibharafm

भारतलाई हराउदै बंगलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा

pathibharafm

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौँ । भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि