• ON AIRनेपाली सदाबहार गीत
  • UP NEXTपाथीभरा समाचार

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

pathibharafm

काठमाडौँ । भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो । 

योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

नेपालले श्रीलंकामा खेल्ने पहिलो अभ्यास खेल बर्षाले रद्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको पहिलो अभ्यास खेल बर्षाले रद्ध भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली

pathibharafm

भारतलाई हराउदै बंगलादेश साफ यू-२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेश काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो सेमिफाइनलमा

pathibharafm

काभा महिला भलिबलमा माल्दिभ्समाथि नेपालको सहज जित

२१ साउन,काठमाडौ ।काभा महिला भलिबल नेसन्स लिगमा नेपालले माल्दिभ्समाथि सहज जित निकालेको छ ।  सोमबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा