कांग्रेसको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

झापा ।
नेपाली कांग्रेसको निरन्तर सदन अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।
अर्को जेठ १ गते बेलुका ६ बजेसम्मका लागि स्थगित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनले कार्यसूचीबाट सबै कार्यक्रम हटाएको भन्दै बैठक जेठ १ गते बस्ने जानकारी गराए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै कांग्रेसले छानबिन समिति बनाउन माग गरिरहेको छ ।
हिउँदे अधिवेशनमा पनि कांग्रेसले लामिछानेमाथि समिति बनाएर छानबिन गर्नुपर्ने भन्दै निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।
त्यसपछि बजेट अधिवेशनको तयारी हुन चाहिने समयभन्दा एक साताअगाडि नै हिउँदे अधिवेशन सरकारले अन्त्य गरेको थियो ।
बजेट अधिवेशनको सुरु दिनमै कांग्रेसले अवरोध गरेको भन्दै सत्ता पक्षका संसद् रिसाएका छन् ।
कांग्रेस गृहमन्त्री माथि छानबिन समिति नबनेसम्म ब्याग नहुने अडान लिइरहेको छ । तर सत्ता पक्ष व्यक्तिका नाममा छानबिन समिति बन्न नसक्ने तर्क गरिरहेको छ ।
कोशी प्रदेशसभाको दोश्रो कार्यकालको दुई बर्ष पूरा
२४ माघ,झापा कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको दुई वर्ष पूरा भइसकेको छ ।यसबीचमा ६ वटा सरकार फेरिएका छन्, सभामुख नै दुईपटक चुनिइसकेका छन्

नेपाली कांग्रेस कोशी प्रदेशद्धारा कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ
झापा /‘संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ भन्ने मूल नारासहित नेपााली कांग्रेस कोशी प्रदेशले

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी
झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्
प्रतिकृया दिनुहोस