• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTनेपाली कभर गीत

एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी 


झापा ।
नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ ।
पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु भएको हो । पौडेलका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७,युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गरेको छन् ।
यसैगरी उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिष्पर्धीहरु दिपेश दाहालले १२९ र चन्द्रप्रसाद गुरागाईंले ३२ प्राप्त गर्नुभयो । सचिवमा गिरेन्द्र चम्लागाईंले १८१ मत ल्याएर विजयी हुँदा तेजप्रसाद तिवारीले १५५ मत प्राप्त गर्नुभएको छ । उपसचिवमा झसराज ढकालले १२९ मत पाएर विजयी हुँदा डेन्जोङ शेर्पाले ७४,गजेन्द्र धिमालले ४०, खड्ग राईले ३५ र मणिराज धिमालले २९ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिवमा सीता कार्कीले १९० मत ल्याएर विजयी हुँदा मुना सिग्देलले १३० मत प्राप्त गर्नुभएको छ ।अधिवेशनले ८१ सदस्यीय कमिटी चयन गरेको छ ।
अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले बिहिबार गर्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा

नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश

४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद्

pathibharafm

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति