• ON AIRन्यू हिन्दी फिल्मी गीत
  • UP NEXTनेपाली कभर गीत

आगामी आर्थिक बर्षको बजेट प्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि 

pathibharafm


झापा ।
सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकमा सत्तारुढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै ओलीले अर्थमन्त्री वर्षमान पुनले नेकपा माओवादी केन्द्र प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे । 
बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उल्लेख गर्दै उनले बजेट निर्माणमा प्रक्रियामा नै कमीकमजोरी सरकारले गरेको दाबी गरे । अध्यक्ष ओलीले बजेटमा कमी भएको औँल्याए पनि सो बजेटलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको पनि स्पष्ट पारे । उनले सरकारले प्रस्तुत गरेको बजेटमाथि आफ्नो पार्टीले खुलेर छलफल गर्न चाहेको पनि बताए ।

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा

नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश

४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद्

pathibharafm

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति