• ON AIR
  • UP NEXT

१७ औँ संस्करणको युरो कप आजदेखि

pathibharafm


 
काठमाण्डौ । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप फुटबल २०२४ आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज राति पौने १ बजे जर्मनी र स्कटल्यान्ड खेल्दैछ । यो खेल जर्मनीको म्युनिखमा हुनेछ ।

आजदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक जर्मनीसहित, स्कटल्यान्ड, हङ्गेरी र स्विट्जरल्यान्ड छन् । यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, गएको संस्करणको विजेता इटाली र अल्बानिया छन् । समूह ‘सी’ मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङ्ग्ल्यान्ड छन् । यसैगरी समूह ‘डी’ मा पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया र फ्रान्स छन् । समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन छन् । समूह ‘एफ’ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक छन् ।

देश एकीकरण भइसकेपछि जर्मनीले पहिलो पटक युरो कप आयोजना गर्न लागेको हो । यसअघि सन् १९८८ मा पश्चिम जर्मनीमा यो प्रतियोगिता भएको थियो ।

जर्मनी युरो कपको सबैभन्दा सफल टिममध्ये एक हो । जर्मनीले सन् १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो । यस्तै स्पेनले पनि सन् १९६४, २००८ र २०१२ मा गरी तीन पटक उपाधि जितेको थियो । यसैगरी गएको संस्करणको विजेता इटाली र फ्रान्सले समान दुई पटक उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै

२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ

pathibharafm

भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा

२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्

pathibharafm

ज्योति स्पोर्टिङ क्लब भीआरसी खुल्ला पूरुष नकाउटको क्वाटरफाईनलमा

२० असोज,ईलाम। आयोजक ज्योति स्पोर्टिङ क्लब जारी  भिआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फुटबल प्रतियोतिाको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आईतबार