• ON AIR
  • UP NEXT

राप्रपामा विशेष महाधिवेशन गर्नुपर्ने रेखा थापाको माग

pathibharafm

१२ असार,काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ ऊर्जा लिएर अघि बढ्नु पर्ने बताएकी छन्।

राप्रपाको सुस्त संगठन संरचना र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष महाधिवेशन गर्न हिच्किचाउनु नहुने उनले बताइन् । यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाले गरेकी हुन् ।

‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिहेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ ऊर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ उनले मंगलबार भनेकी छन् ।

थापाले पार्टीलाई नयाँ जीवन दिन आवश्यक भइसकेको बताएकी छन् । ‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिच्किचाउनु हुँदैन,’ उनले भनेकी छन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा

नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश

४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद्

pathibharafm

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति